संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि यस प्रकारको रहेको छ । हाम्रो देश नेपालको सुदुरपश्चिम प्रदेश नं.७ को कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको पुनर्वास क्षेत्रले परिचित साविक कालिका वार्ड नं. ६ ( हाल पुनर्वास न.पा.वार्ड १ ) अशुँवर्मावस्ती गाउँका मध्य भागमा विद्यालय अवस्थित रहेको छ । यस विद्यालयको स्थापना तत्कालिन प्र.अ. श्री रविलाल कँडेल ज्यूको नेतृत्वमा २०३७ साल माघ २० गते बुधबार श्रीपञ्चमीको शुभ अवसरमा भएको थियो । यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत तत्कालिन पुनर्वास कम्पनी द्घारा देशको विभिन्न भागहरुबाट बाढी पिडित तथा सुकुम्बासीहरु लाई व्यवस्थित बसोबासका निमित्त जंगल कटान गरी वि.स.२०३७ साल को जनमत संग्रह पश्चात लगत्तै बसालेको बस्ती हो । त्यसै कारण देशका विभिन्न भागहरुबाट विभिन्न जात जाती तथा संस्कृति तथा धार्मिक विविधता भएका जनसमुदायको वास स्थानको रुपमा यो क्षेत्र परिचित छ ।
२०३७ सालमा बस्तीको विकास भए पश्चात यस क्षेत्रमा बसोबास गर्ने बुद्घिजिवी,समाजसेवी तथा शिक्षप्रेमीहरुको अनवरत प्रयासबाट यस क्षेत्रमा विद्यालयको आवश्यकता महसुस गरी स्व. श्री अमर बहादुर शेरचनको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति गठन गरि २०३७ साल माघ २० गते श्रीपञ्चमीका दिन विधिवत रुपमा एक जना शिक्षकको स्थानिय स्तरबाट व्यवस्था गरी अध्ययन अध्यापन कार्य प्रारम्भ शुरु भई यस विद्यालयमा हाल निरन्तर अध्ययन अध्यापन भईरहेको छ ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।