सुरक्षित सिकाइ वातावरण सिर्जना गर्दै दीर्घकालीन आवश्यकता र अभावको पहिचान गरी तदनुसार कार्यक्रम सञ्चालन गर्ने र विद्यालयलाई बालमैत्री शिक्षण केन्द्रको रूपमा विकास गर्ने।
यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि यस प्रकारको रहेको छ । हाम्रो देश नेपालको सुदुरपश्चिम प्रदेश नं.७ को कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको पुनर्वास क्षेत्रले परिचित साविक कालिका वार्ड नं. ६ ( हाल पुनर्वास न.पा.वार्ड १ ) अशुँवर्मावस्ती गाउँका मध्य भागमा विद्यालय अवस्थित रहेको छ । यस विद्यालयको स्थापना तत्कालिन प्र.अ. श्री रविलाल कँडेल ज्यूको नेतृत्वमा २०३७ साल माघ २० गते बुधबार श्रीपञ्चमीको शुभ अवसरमा भएको थियो । यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत तत्कालिन पुनर्वास कम्पनी द्घारा देशको विभिन्न भागहरुबाट बाढी पिडित तथा सुकुम्बासीहरु लाई व्यवस्थित बसोबासका निमित्त जंगल कटान गरी वि.स.२०३७ साल को जनमत संग्रह पश्चात लगत्तै बसालेको बस्ती हो । त्यसै कारण देशका विभिन्न भागहरुबाट विभिन्न जात जाती तथा संस्कृति तथा धार्मिक विविधता भएका जनसमुदायको वास स्थानको रुपमा यो क्षेत्र परिचित छ ।
२०३७ सालमा बस्तीको विकास भए पश्चात यस क्षेत्रमा बसोबास गर्ने बुद्घिजिवी,समाजसेवी तथा शिक्षप्रेमीहरुको अनवरत प्रयासबाट यस क्षेत्रमा विद्यालयको आवश्यकता महसुस गरी स्व. श्री अमर बहादुर शेरचनको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति गठन गरि २०३७ साल माघ २० गते श्रीपञ्चमीका दिन विधिवत रुपमा एक जना शिक्षकको स्थानिय स्तरबाट व्यवस्था गरी अध्ययन अध्यापन कार्य प्रारम्भ शुरु भई यस विद्यालयमा हाल निरन्तर अध्ययन अध्यापन भईरहेको छ । आफ्नो स्थापना कालदेखी यस विद्यालयले शैक्षिक क्षेत्रमा सदैव आफ्नो स्तर उच्च राख्न सफल छ । यस विद्यालयले शिक्षक दरबन्दी अभावका बाबजुट २०६१ सालमा नि.मा.वि. तह सञ्चालनको अनुमति प्राप्त गरी वि.स. २०६४ सालमा ३जना राहत दरबन्दी पाउन सफल भयो । वि.स. २०६६ सालमा पुन.यहाँका बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी, तथा अभिभावकहरुको सहयोग र निर्णयबाट विद्यालयको आन्तरिक स्रोतबाट मा.वि. तहका कक्षा सञ्चालन गरियो । वि.स. २०६६ साल मा.वि. तहका कक्षा सञ्चालन स्वीकृती पाएता पनि वि.स. २०७३ सालमा १ जना मा.वि दरबन्दी पाउन सफल भयो । हाल यो विद्यालयलमा आवश्यक दरबन्दी , भौतिक,आर्थिक तथा शैक्षिक समस्याको सामना गर्दै कक्षा १ देखि १०कक्षा सम्म संचालित छ ।
भौगोलिक अवस्था
यस श्री शान्ति माध्यामिक विद्यालय कञ्चनपूर जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तरगत तराइको समथर भागमा पर्ने पूर्नवास नगरपालिका को वार्ड नं. १ अंशुवर्मावस्तीमा अवस्थित छ । जिल्ला सदरमूकाम करिव ७० किमी दक्षिण पूर्वमा रहेको छ । भने कैलाली जिल्लाको सदरमूकाम धनगढी देखि १६.१७ कि.मी दक्षिण पश्चिममा पर्दछ । यस विद्यालयको करिव ३ कि.मी. पूर्वमा क्ष्द्यच्म् बजार छ भने चौरतिर गाउँ–गाउँ ले घेरिएको छ । रामवस्ती, कोटीहोम, महेन्द्रवस्ती, वलभद्रवस्ती को विचमा पर्ने यो विद्यालयको सेवा क्षेत्र पनि यिनै वस्तीहरु हुन । जिल्लाको दक्षिण पूर्वमा पनि यो क्षेत्र सुन्दर एवं मनोरम प्राकृतिक वातावरणमा रहेको यस विद्यालय नजिक सुन्दर बन्दाताल एवं मनोरम स्थल ले यस क्षेत्रलाई अझै मनोरम वनाएको छ । हाल यस विद्यालयमा १ वटत लेन्टर सहित पक्की भवन र ५ वटा कर्कट पाता भएका पक्की भवन गरि ६ वटा भवन १७ वटा कोठाहरु छन । जस्मा १ वटा कार्यालय, १ वटा स्टाफ कोठा, १ कम्प्युटर कोठा, १ वटा पुस्तकालय कोठा, १ वटा विज्ञान प्रयोगशाला कोठा रहेको छ । विद्यालयको हाता भित्र खेल्ने मैदान र चारैतिर पर्खाल र २ वटा गेट रहेका छन ।
सुरक्षित सिकाइ वातावरण सिर्जना गर्दै दीर्घकालीन आवश्यकता र अभावको पहिचान गरी तदनुसार कार्यक्रम सञ्चालन गर्ने र विद्यालयलाई बालमैत्री शिक्षण केन्द्रको रूपमा विकास गर्ने।
विद्यालय उमेरका सबै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्दै, बालमैत्री वातावरणमा बालकेन्द्रित रचनात्मक सिकाइ प्रवर्द्धन गर्ने, जसले जीवनोपयोगी सीपयुक्त, प्रतिस्पर्धी तथा लगनशील जनशक्ति उत्पादन गर्न सकियोस्।
- प्रार्थना समयमा विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्न Speech कार्यक्रम सञ्चालन गर्ने।
- हरेक शुक्रवार अतिरिक्त पाठ्यक्रम गतिविधिहरू सञ्चालन गर्ने।
- हाजिरी जवाफ, वादविवाद, श्रुति लेखन आदि क्रियाकलापमार्फत भाषिक र बौद्धिक क्षमताको विकास गर्ने।
- भलिवल, फुटबल, कबड्डी, दौड, हाई जम्प आदि खेलमार्फत शारीरिक सन्तुलन र स्वास्थ्यमा जोड दिने।
- कम्प्युटर र प्रोजेक्टर जस्ता प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा आधुनिकता ल्याउने।
- अध्ययनका लागि पुस्तकालयको सदुपयोग गर्ने।
- विज्ञान प्रयोगशाला मार्फत प्रयोगात्मक शिक्षामा जोड दिने।
