यस श्री शान्ति माध्यामिक विद्यालय कञ्चनपूर जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तरगत तराइको समथर भागमा पर्ने पूर्नवास नगरपालिका को वार्ड नं. १ अंशुवर्मावस्तीमा अवस्थित छ । जिल्ला सदरमूकाम करिव ७० किमी दक्षिण पूर्वमा रहेको छ । भने कैलाली जिल्लाको सदरमूकाम धनगढी देखि १६.१७ कि.मी दक्षिण पश्चिममा पर्दछ । यस विद्यालयको करिव ३ कि.मी. पूर्वमा क्ष्द्यच्म् बजार छ भने चौरतिर गाउँ–गाउँ ले घेरिएको छ । रामवस्ती, कोटीहोम, महेन्द्रवस्ती, वलभद्रवस्ती को विचमा पर्ने यो विद्यालयको सेवा क्षेत्र पनि यिनै वस्तीहरु हुन ।
जिल्लाको दक्षिण पूर्वमा पनि यो क्षेत्र सुन्दर एवं मनोरम प्राकृतिक वातावरणमा रहेको यस विद्यालय नजिक सुन्दर बन्दाताल एवं मनोरम स्थल ले यस क्षेत्रलाई अझै मनोरम वनाएको छ । हाल यस विद्यालयमा १ वटत लेन्टर सहित पक्की भवन र ५ वटा कर्कट पाता भएका पक्की भवन गरि ६ वटा भवन १७ वटा कोठाहरु छन । जस्मा १ वटा कार्यालय, १ वटा स्टाफ कोठा, १ कम्प्युटर कोठा, १ वटा पुस्तकालय कोठा, १ वटा विज्ञान प्रयोगशाला कोठा रहेको छ । विद्यालयको हाता भित्र खेल्ने मैदान र चारैतिर पर्खाल र २ वटा गेट रहेका छन ।
विद्यालय रहेको समुदायको बनोटः
पुनर्वास नगरपालिकाको वार्ड नं १ मा अवस्थित यस श्री शान्ति माध्यामिक विद्यालयको सेवा क्षेत्र वार्ड नं १ को अंशुवर्मावस्ती र महेन्द्रवस्ती, वलभद्रवन्ती, मोती वस्ती,र रामवस्ती भूदय हुन् । यस्तै रामबस्ती र मोतीवस्ती पनि आंशिक रुपमा यसको सेवा क्षेत्र नै हौ । यस क्षैत्रमा वसोवास गर्ने मूख्य जात–जातिहरुमा थारु, तामाङ, क्षेत्री, ठकुरी, ब्राहमण, गुरुङ्ग दलित जातिको वाहुल्यता रहेको छ । सामाजिक तथा साँस्कृतिक विविधता भएका कारण उनीहरुले मान्ने चाडपर्व तथा साँस्कृतिमा पनि विविधता पाइन्छ ।
यहा हिन्दु, बौस्य, इसाई धर्ममान्ने मानिसहरुको बसोबास रहेको छ । खासगरी दशै, तिहार, काद्वी, ल्होसार, किसमसको, आइतवारी लगाएतका चाडपर्वको दिन धुमधाम संग मनाउने गरिन्छ । यस क्षेत्रमा हिन्दु धर्म मान्नेहरुको वाहुल्यता रहेपनि विस्तारै इसाई धर्मप्रति पनि मानिसहरुको आकर्षण वढ्दै गएको छ। आफ्नै परमपरागतको सामाजिक परमपरा कायमै छ ।