विद्यालयको समग्र विकास र गुणस्तयीय शिक्षाको लक्ष्यलाई अगाडी बढाउन म सरोकारवाला सवै पक्षलाई हार्दिक आभार व्यक्ति गर्न चाहन्छु । विद्यालय विकास केवल भौतिक संरचना निर्माणमा मात्र सिमित हुदैन । यो गुणस्तरिय शिक्षा नैतिक मूल्य नवप्रवद्र्धन शिल सोच र विद्यार्थीको समग्र व्यक्तित्व विकास संग प्रत्यक्ष सम्बन्धित छ । त्यसैले हामीले शिक्षण सिकाईको गुणस्तर वृद्धिका साथै सिकाइ मैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइरहेका छौ ।
हामीले विद्यालयमा निम्न मूख्य पहलहरुलाई प्राथमिकता दिएका छौ ।
–शिक्षकहरुको निरन्तर पेशागत विकासमा जोड ।
–डिजिटल शिक्षण सिकाईका माध्यमको प्रयोग ।
–विद्यार्थीकै सहभागितामा सह अस्तित्व र नेतृत्व क्षमताको विकास ।
–अभिभावक तथा समुदाय संग नियमित संवाद र सहकार्य
वालवालिकाको भविस्य हामी सवैको जिम्मेवारी हो र यस यात्रामा तपाईहरुको साथ समर्थन र सल्लाह सदैव महत्वपूर्ण रहनेछ । भन्ने सन्देश व्यक्त गर्न चाहन्छु ।